प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउन खोज्ने ६ जना पक्राउ 

खरीबोट
ad

धनुषा।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन तयारीमा रहेका ६ जना युवालाई प्रहरीले जनकपुरमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सरोज मिश्र, जानी खान, प्रसान्त झा, संजय यादव, आसुतोश झा, पंकज साह र सन्देश मिश्र रहेकाे प्रहरीले जनाएकाे छ । ती युवाहरुलाई प्रहरीले जनकपुरको मुरलीचोक र श्याम चोकबाट पक्राउ  गरेको हो । 

मधेशको माग सम्बोधन नगरेको र लामो मधेश आन्दोलनमा मधेशीलाई होच्याउने अभिव्यक्ति दिएको भन्दै ती युवाहरु प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने तयारीमा रहेका थिए । जनकपुर विमानस्थलबाट प्रदेश २ सभा आउन लागेको बेला प्रधानमन्त्रीलाई प्लेकार्ड लिएर विरोध गर्नुको साथै कालो झण्डा देखाउने तयारीमा रहेको बेला पक्राउ परेको स्थानीयले बताएका छन् ।

प्रधानमन्त्री ओली प्रदेशसभा २ को प्रदेश सभालाई सम्बोधन गर्न आज जनकपुर पुगेका छन्। 

सम्बन्धित समाचार

‘प्रधानमन्त्री ओलीले भ्रमको खेती गरे, झूटको पुलिन्दा बाँडे’ 

काठमाडौं । कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रमको खेती गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले उक्त आरोप लगाएका हुन् । ओली सरकार

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्युयोर्क आइपुगेका छन् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी

अरिंगाल नबनेकाहरु माहुरी कसरी बन्लान् ? 

काठमाडौँ। देश अहिले राजनीतिक अस्थिरिताबाट स्थिरता तर्फ गएपछि सबै कुरा ठिक हुन्छ भन्ने सबैको सोच र आशा विपरित नेताहरुको अभिव्यक्ति र नेतृत्वकर्ताको भाषणले देशमा अझै सबै ठिक छैन कि भन्ने

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई