• २०८१ बैशाख १२ बुधबार

प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउन खोज्ने ६ जना पक्राउ 

kharibot

धनुषा।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन तयारीमा रहेका ६ जना युवालाई प्रहरीले जनकपुरमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सरोज मिश्र, जानी खान, प्रसान्त झा, संजय यादव, आसुतोश झा, पंकज साह र सन्देश मिश्र रहेकाे प्रहरीले जनाएकाे छ । ती युवाहरुलाई प्रहरीले जनकपुरको मुरलीचोक र श्याम चोकबाट पक्राउ  गरेको हो । 

मधेशको माग सम्बोधन नगरेको र लामो मधेश आन्दोलनमा मधेशीलाई होच्याउने अभिव्यक्ति दिएको भन्दै ती युवाहरु प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने तयारीमा रहेका थिए । जनकपुर विमानस्थलबाट प्रदेश २ सभा आउन लागेको बेला प्रधानमन्त्रीलाई प्लेकार्ड लिएर विरोध गर्नुको साथै कालो झण्डा देखाउने तयारीमा रहेको बेला पक्राउ परेको स्थानीयले बताएका छन् ।

प्रधानमन्त्री ओली प्रदेशसभा २ को प्रदेश सभालाई सम्बोधन गर्न आज जनकपुर पुगेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै