काठमाडौँ। वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने सामाखुशीस्थित कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा छापा मारेको छ ।
उक्त मेनपावरले पूर्वस्वीकृति नलिई कतार पठाइदिने भन्दै प्रतिव्यक्ति रु एक लाखसम्म असुल गरी अन्तरर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा छापा मारेको विभागका निर्देशक उद्धवबहादुर रिजालले जानकारी दिए ।
विभागले उक्त मेनपावरको गतिविधि शङ्कास्पद देखिएको भन्दै सम्पूर्ण कागजात नियन्त्रण लिई कामकारवाहीमा रोक लगाएको छ ।