• २०८१ बैशाख ८ शनिबार

इङल्याण्डसँगको तेस्रो टेस्ट भारतको नियन्त्रणमा

kharibot

काठमाडौँ। इङल्याण्ड र भारतबीच जारि तेस्रो टेस्ट क्रिकेट दोस्रो दिनको खेल सकिदासम्म भारतले आफ्नो नियन्त्रणमा राखेको छ।  पहिलो पारीमा ३२९ रन जोडेको भारतले इङल्याण्डलाई पहिलो पारीमा १६१ रनमा अलआउट गरेपछि तेस्रो टेस्टमा आफ्नो नियन्त्रण बनाएको हो। 

भारतले आफ्नो दोस्रो पारी सुरु गर्दै दोस्रो दिनको खेल सकिदासम्म १२४ रन बनाएर २ विकेट गुमाएको छ भने समग्रमा २९२ रनको अग्रता हासिल गरेको छ। 

दोस्रो दिन भारतले थप २२ रन बटुल्दा सबै विकेट गुमाए पछि ३२९ रनमा अलआउट भएको भारतले इङल्याण्डलाई पहिलो पारीमा १६१ रनमा समेटेको थियो।  इङल्याण्डलाई सस्तैमा समेट्ने क्रममा भारतका हार्दिक पाण्डेयले ५ विकेट लिएका थिए। त्यस्तै इशान्त शर्मा र जस्प्रित बुमराहले २-२ विकेट र मोहमद सामीले एक लिएका थिए। इङल्याण्डका लागि जस बटलरले सर्वाधिक ३९ रन बनाए भने एलस्टर कुकले २९ तथा केके जेनिङ्ग्सले २० रनको योगदान दिएका थिए। 

आफ्नो दोस्रो पारी सुरु गरेको भारतले २ विकेट गुमाउदै १२४ रन बनाएको छ। भारतका लागि शिखर धवनले ४४ र केएल राहुलले ३६ रन बनाएर आउट भएका छन्।  चैतेश्वोर पुजारा ३३ र कप्तान विराट कोहली ८ रन बनाएर खेलिरहेका छन्।  त्यति इङल्याण्डका लागि बेन स्टोक र आदील रशिदले एक एक विकेट लिएका छन्।  
          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै