जाजरकोटमा वर्षाका कारण यातायात ठप्प

खरीबोट
ad

जाजरकोट । खलङ्गा–पाँचकाटिया सडक वर्षासंगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ ।

दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने जाजरकोट भएर डोल्पा र रुकुम जाने यात्रु तथा व्यापारीले समेत निकै कठिनाइ व्यहोर्नु परेको छ ।

सडक विभाग, भेरी नगरपालिकालगायत निकायले अवरुद्ध सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ । सडक अवरुद्ध भएपछि कुशे र बारेकोटका बासिन्दा दुई÷तीन दिनको पैदल हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

त्यस्तै, उक्त सडकमा यातायातका साधन नचल्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा पनि समस्या भएको छ । घोडा, खच्चड र भरियाको माध्यमबाट ढुवानी गरिएको खाद्यान्नको मूल्य आकासिएको स्थानीय उपभोक्ताको गुनासो छ । यातायातको असुविधा भएपछि त्यस क्षेत्रका बिरामीलाई उपचारका लागि बाहिर लैजान स्ट्रेचरको सहारा लिनुको विकल्प छैन ।

बाढी, पहिरो, हिलोलगायत कारण पाँचकाटिया सडकमा दुई महिना यातायात बन्द हुँदा सास्ती भएको बारेकोट १, रामीडाँडाका दलबहादुर बुढाले बताए ।

सडक मर्मत सुधार नहुँदा पाँचकाटिया मात्र होइन, जिल्लाका अन्य ग्रामीण सडकमा पनि यातायात सञ्चालन हुन सकेका छैनन् । सदरमुकाम खलङ्गादेखि जिल्लाका विभिन्न भागमा जाने ग्रामीण सडक मर्मत सुधार गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय बासिन्दा मर्कामा परेका हुन् ।

खलङ्गादेखि उत्तरी भेगका बारेकोट, कुशे, जुनीचाँदे, मजकोट, कार्कीगाउँ, बाटुले, दशेरा, सीमालगायतका बासिन्दा बढी मर्कामा परेका छन् ।

वर्षेनी वर्षात् पछिका तीन/चार महिनासम्म स्थानीय बासिन्दाले आवतजावतमा निकै सास्ती बेहोर्नुपरेको जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताए ।

कतिपय सडकमा पहिरोले पैदल हिँड्ने अवस्था पनि नभएको उनले बताए । सडक निर्माणका नाममा हरेक वर्ष करोडौँ रकम खर्च हुँदै आएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

जाजरकोट / यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् ।  आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा

जाजरकोटमा पुल निर्माण अलपत्र

जाजरकोट । जाजरकोट–जुम्ला सडकको छेडा–थलह सडकखण्डमा पर्ने मोटरेबल पुल निर्माण अलपत्र छ । ठेक्का सम्झौताको सात वर्ष बितिसक्दा पनि पुल बन्न नसकेको हो । १८ महिनामा बन्नुपर्ने पुल नबनेपछि निर्माण कम्पनीलाई

जाजरकोटको खलंगा शाखामा कृषि विकास बैंकको अनलाईन बैकिङ सेवा 

जाजरकोट। कृषि विकास बैंकको जाजरकोट जिल्लाको खलंगा शाखामा अनलाईन बैकिङ्गको सेवाको शुभारम्भ भएको छ।  अनलाईन बैकिङ्गको एवाको कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले सुरुवात गरेका छन्।  सेवाग्राही तथा

जनप्रतिनिधिबाट राजीनामा दिइ शिक्षिका

जाजरकोट।  जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बन्नुभएको छ । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित भएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बनकी छन् ।