• २०८१ बैशाख ७ शुक्रबार

फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या

kharibot

काठमाडौँ। फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ।

काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा धारिलो चक्कु प्रहारबाट उनको हत्या भएको प्रहरीले जनाएको छ। 
सिंहका अनुसार झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन्।

झा बसेको कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। प्रहरी पुगेर त्यहाँको ढोका खोल्दा झा मृत्त अवस्थामा फेला परेको बताइएको छ। उनीसँगै एउटा चक्कु पनि फेला परेको छ ।

करीब ८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । परराष्ट्र सेवामा झाले ३४ वर्ष बिताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै