गर्भवती मन्त्री डेलिभरीका लागि आफैँ साइकल चलाउँदै अस्पताल पुगिन् !

खरीबोट

तस्बिर : एपी/इन्स्टाग्राम

वेलिङ्टन / न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् । 

साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी थिइन् । 

“मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छिन्  । 

गेन्टर अहिले ४२ हप्ताकी गर्भवती छिन् । 

उनले महिला मन्त्रीको कार्यभार मात्र नभई यातायात मन्त्रालयको समेत कार्यभार सम्हाली रहेकी छिन् । उनी दिगो यात्राका अभियन्ता पनि छन् । 

उनको ग्रीन पार्टीकी एक जना प्रवक्ताका अनुसार सोमबार साँझसम्म उनको बच्चा जन्मिएको छैन तर उनी प्रतिक्षारत छिन् । 

यो घटना गत जुनमा मात्र न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति विदापछि नियमित काममा फर्केको केही हप्तापछि नै भएको छ । 

गत वर्ष निर्वाचित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी भएकी थिइन् । विगतमा सन् १९९० मा पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माएकी थिइन् । 

सम्बन्धित समाचार

पुर्वमूमा बडामहारानी रत्न अस्पतालबाट डिस्चार्ज 

पुर्व मूमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । यही फागून २१ गते काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको लागि भर्ना भएकि रत्न स्वास्थ्य ठिक भएपछि आज अस्पतालबाट डिस्चार्ज भएकी हुन्

न्याम्सका उपकुलपतिसहित अन्य पदाधिकारी नियुक्त 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री  एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा जनशक्ति अभाव

बाँके । गत असार ११ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ डाक्टरको व्यवस्थापन हुन सकेको छैन । खजुरामा रहेको अत्याधुनिक प्रविधिसहितको अस्पतालका

विपीकोइराला क्यान्सर अस्पतालमा डिएनए र आरएनए परीक्षण

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ । अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए (डेक्सिबेरोन्युलिकिक एसिड) र आरएनए (रिबन्यूक्लिक एसिड) परीक्षण गर्ने


z