फेसबुकसहितका सामाजिक संजालका विज्ञापनलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन 

खरीबोट

काठमाडौं। संघीय संसद विकास तथा प्रविधि समितिले फेसबुकसहितका सामाजिक संजालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सामाजिक सञ्जालको विज्ञापनबापत ठूलो रकम बाहिरिएको भन्दै करको दायरामा ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले अत्याधुनिक प्रविधिको प्रयोग गर्न सक्ने कानुनी व्यवस्था गर्न संसदमा छिटो विधेयक पेश गर्न पनि सरकारलाई निर्देश गरेको छ । सूचना र प्रविधिको भरपुर उपयोग हुने गरी कानुनी व्यवस्था गर्न सरकारलाई छिटो विधेयक संसदमा पेश गर्न पनि सचेत गराइएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिए। 

समितिले फोर जी सेवा विस्तार, टेलिकमको गुणस्तरमा सुधारलगायतमा देखिएको समस्या समाधानका लागि भइरहेका कामको विवरण १५ दिन भित्र समितिमा पेश गर्न पनि संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

वाइडबडी विमान खरिद : संसदीय समिति गठनको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा अमरेशकुमार सिंहले सरकारले दुईवटा वाइडबडी विमान खरीद गर्दा सार्वजनिक खरीद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको आरोप लगाएका छन्

संसदीय समितिको बैठकमा गणपूरक समस्या : सांसदको ढोकामा मात्रै जम्काभेट !

काठमाडौँ। कानून निर्माणको मुख्य जिम्मेवारी रहने गरी चुनाव जितेर सङ्घीय संसद्मा प्रवेश गरेका जनप्रतिनिधि मुख्य जिम्मेवारीप्रति गैरजिम्मेवार भइदिँदा त्यसको असर अहिले संसदीय समितिलाई परेको छ ।  पछिल्लो समय बैठक सञ्चालनका लागि

संसदीय समितिका सभापति निर्बिरोध निर्वाचित, १० मध्ये ६ समितिमा महिला सभापति 

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने निर्वाचनमा प्रत्येक समितिको सभापति पदमा एक-एक जनाको मात्र उम्मेदवारी परेको छ ।  सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय

संसदीय समितिका सभापति निर्वाचनको आज मनोनयन हुदै, को को बन्दै छन् सभापति ? 

काठमाडौं।  प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । समिति सभापतिको लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने प्रतिनिधिसभा सचिवालयले जनाएको


z