• २०८१ बैशाख ७ शुक्रबार

फेसबुकसहितका सामाजिक संजालका विज्ञापनलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन 

kharibot

काठमाडौं। संघीय संसद विकास तथा प्रविधि समितिले फेसबुकसहितका सामाजिक संजालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सामाजिक सञ्जालको विज्ञापनबापत ठूलो रकम बाहिरिएको भन्दै करको दायरामा ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले अत्याधुनिक प्रविधिको प्रयोग गर्न सक्ने कानुनी व्यवस्था गर्न संसदमा छिटो विधेयक पेश गर्न पनि सरकारलाई निर्देश गरेको छ । सूचना र प्रविधिको भरपुर उपयोग हुने गरी कानुनी व्यवस्था गर्न सरकारलाई छिटो विधेयक संसदमा पेश गर्न पनि सचेत गराइएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिए। 

समितिले फोर जी सेवा विस्तार, टेलिकमको गुणस्तरमा सुधारलगायतमा देखिएको समस्या समाधानका लागि भइरहेका कामको विवरण १५ दिन भित्र समितिमा पेश गर्न पनि संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै