भेनेजुएलामा नयाँ बैंक नोट जारी, सर्वसाधारणमा भ्रम सिर्जना

खरीबोट
ad

कराकस । सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गर्नुभएको क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन् । तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला अहिले उच्च मुद्रास्फितीबाट बेचैन अवस्थामा छ ।

यही परिस्थितिमा राष्ट्रपति मदुरोले नयाँ बैंक नोट जारी गर्नुभएको छ । यी नोटमा पछिल्ला पाँचवटा शून्य हटाइएको छ । मुलुकभित्रको व्यापार व्यवसाय तथा उपभोक्ताहरु नोटमा गरिएको यो नयाँ व्यवस्थाबाट सन्देहमा परेका छन् ।

“उपभोक्ता र निजी क्षेत्रमा केही दिन ठूलै भ्रम सिर्जना हुने देखियो,” इकोएनालिटीकाका परामर्शदाता एस्ड्रुबाल ओलिभेरोसले बताए । “यहाँ अहिले अराजक परिदृश्य छ ।”

गत शुक्रबार मदुरोको राष्ट्रव्यापी सम्बोधनमा उद्घाटित अरु उपायहरुमा न्यूनतम पारिश्रमिकमा ठूलै वृद्धि गरिने उल्लेख छ । यो वृद्धि यसै वर्षको पाँचौं हो । अहिलेकै अवस्थामा, महिनाको न्यूनतम ज्यालाले एक किलो मासु किन्न पनि पुग्दैछ । यसको मुख्य कारण नै बोलिभार (भेनेजुएलाको मुद्रा) मा गरिएको व्यापक अवमूल्यन र उच्चदरको मुद्रास्फिती हो ।

पूर्व बस ड्राइभर एवं युनियन नेता राष्ट्रपति मदुरोले मुलुकमा “वित्तीय अनुशासन” कायम राख्न आवश्यक रहेको तथा पछिल्ला वर्षमा अति बढी गरिएको मुद्रा छपाईको कार्यलाई तत्काल रोक्नुपर्ने बताए ।

तर अर्थशास्त्रीहरुको भनाईमा यी क्रान्तिकारी कदमले परिस्थितिलाई अझ खराब बनाउनेछ । राजधानी काराकासमा स्थानीयबासीहरु नयाँ उपायका बारेमा संदेहमा परेका छन् ।

“सबै तौरतरिका पुरानै छ, मूल्य वृद्धि निरन्तर हुनेछ,” सडकमा खाद्यपदार्थ बिक्री गर्ने ३९ वर्षीय ब्रुनो चोयले बताए । अर्का ६७ वर्षीय एन्जेल एरिआसले नयाँ नोटलाई “झुठको खेती” को संज्ञा दिए ।

मुलुकका तीनवटा मुख्य विपक्षी समूहहरु प्राइमेरो जस्टिसिया, भोलुन्टाड पपुलर र कउसा आरले सुधारको योजनालाई अस्वीकार गरेका छन् र यसका विरुद्ध मङ्गलबार प्रदर्शनमा उत्रन आह्वान गरेका छन् ।

भेनेजुएलाको नयाँ मुद्रा चलनचल्तीमा रहेको संदेहात्मक र बदनामी कमाएको मुद्रा (क्रिप्टोकरेन्सी) पेट्रोभन्दा सशक्त हुने सरकारको दाबी छ । एक पेट्रोको मूल्य बजारमा करिब ६० डलर छ, र यो भेनेजुएलाको एक ब्यारेल तेलको मूल्य बराबर हो । नयाँ मुद्रामा गणना गर्दा यो ३,६०० बोलिभार हुन्छ, र यसले पनि बोलिभारको अवमूल्यन व्यापक हुने देखिन्छ ।

तर, न्यूनतम ज्याला भने आधा पेट्रो (१८०० बोलिभार) तोकिएको छ । यो करिब २८ डलर हो ।

मदुरोका पूर्ववर्ती ह्युगो चाभेजले पनि सन् २००८ मा बोलिभार नोटबाट तीनवटा शून्य झिक्नु भएको थियो, तर त्यसले पनि उच्च मुद्रास्फितीलाई रोक्न सकेको थिएन ।

सम्बन्धित समाचार

भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

कराकस । भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन । त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको

भेनेजुएलामा नयाँ बैंक नोट जारी, सर्वसाधारणमा भ्रम सिर्जना

कराकस । सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गर्नुभएको क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन् । तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला अहिले उच्च

विश्व कपमा छनौट हुन अर्जेन्टिनाको संघर्ष जारी, भेनेजुएलासँग बराबरीमा रोकियो

काठमाडौँ ।  दक्षिण अमेरिकी समुह अन्तर्गत भएको विश्वकप छनौट खेलमा अर्जेन्टिना फेरी पनि बराबरीमा रोकिएको छ ।  अर्जेन्टिना बुधबार बिहान भएको खेलमा भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको हो । यो बराबरीपछि

भेनेजुएलाको जेलमा कैदीबीच भिडन्त हुदा ३७ कैदी मारिए

काराकस । दक्षिणी भेनेजुएलाली राज्य अमेजोनमा रहेको एक जेलमा कैदीहरुबीच भएको हिंसामा परी ३७ कैदीको मृत्यु भएको समाचार छ ।  भेनेजुएलाको महान्यायधिवक्ता कार्यालयले सोमबार बिज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो । उक्त