प्रकाण्डलाई २४ घण्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश 

खरीबोट

फाइल तस्बीर

काठमाडौं । सर्वोच्च अदालतले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको छ ।

प्रकाण्डका भाइ वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो ।

चन्दा उठाएको अभियोगमा महानगरीय प्रहरी परिसरले पक्राउ गरे पनि बन्दी प्रत्यक्षीकरणमा उनी गत शुक्रबार रिहा हुनासाथ प्रहरीले अदालत परिसरबाट पक्राउ गरी काभ्रे लगेको थियो ।

सम्बन्धित समाचार

निर्मलाको हत्यारालाई हामीले कारवाही गर्छौ - प्रकाण्ड 

काठमाडौं। ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ ले निर्मलाको हत्यारा पत्ता लगाएर आफुहरुले कारवाही गर्ने बताएका छन्। भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले कञ्चनपुरकी १३ वर्षीया बालिका

सर्वोच्चको आदेशमा प्रकाण्ड रिहा, यसपटक पक्राउ परेनन् 

काठमाडौं।  नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् । सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिएपछि उनलाई प्रहरीले रिहा गरेको छ । सर्वोच्चले

प्रकाण्डलाई सर्वोच्चमा उपस्थित गराउने तयारी

गाईघाट। जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी(बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।  सर्वोच्च अदालतबाट प्रकाण्डलाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला

प्रकाण्डलाई तीन दिनभित्र सर्वोच्चमा पेश गर्न आदेश 

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई ३ दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ । प्रकाण्डलाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै


z