• २०८१ बैशाख १२ बुधबार

चिलंखे खडका अचल सन्तति समाजले आफ्नो पुर्खालाई यसरी सम्झियो

kharibot

काठमाडौ। चिलंखे खडका अचल सन्तति समाजले अाफ्नाे पुर्खा सेठ भैरवसिंह खडकाकाे १८७ अाैं जन्म जयन्ती भव्यताका साथ मनाएको छ । 

कार्यक्रममा सम्वाेधन गर्दै पुर्व क्षेत्रिय प्रशाशक एवं भैरवेश्वर महादेव ट्रष्टका कार्यवाहक अध्यक्ष जगदिश खडकाले सेठ भैरवसिंह खडकाकाे समाज सेवाकाे कार्यलेनै अहिलेका खडकाहरू याे स्थानमा पुगेकाे बताए। उनले श्री ३ चन्द्र समशेरकाे पालामा नेपाल भाेट युद्धकाे स्थिति अाउदा सैनिकलाई युद्ध अवधिभर लाग्ने सम्पुर्ण रसदपानी व्यवस्था गर्ने प्रतिवद्धता जनाए बापत रायवहादुर सेठकाे पदवि सैनिक गार्ड सुरक्षा र झण्डा समेत तत्कालीन सरकारले उपलब्ध गराएकाे बताए । 

समाजका उपाध्यक्ष हरिशरण खडकाले दाेलखाकाे उत्तरी भेगमा वाटाे घाटाे,पुल पुलेसाे निर्माण र भाेकमरिमा जनतालाई अन्नदान गरेर उनले पुण्य कमाएकाे बताए। सल्लाहकार कल्याणध्वज खडकाले उनको याेगदान स्मारिका र पुस्तकहरूमा लिपिवद्ध गरिदै जाने बताए। संरक्षक पुर्व सहसचिव बलदेव खडकाले उनी दाेलखाकाे मात्र नभएर मुलुककै धनिमानी व्यक्ति र धन मात्र हैन मन पनि भएकाे व्यक्ति भन्दै तत्कालीन समयमा त्यस क्षेत्रमा टक्सारकाे स्थापना गराएर तामाकाे मुद्रा निकाल्ने प्रमुख व्यक्ति भएकाे बताए। 

सभापतिकाे अासनवाट पुर्व डिअाईजी एवं पुँवार वंशावलीका लेखक र अन्वेषक चन्द्रबहादुर खडकाले हामीले हाम्राे पुर्खामा गाैरव गर्नुपर्ने बताए। राजा महाराजा,नेता अभिनेताकाे मात्र जन्म जयन्ती मनाईने सन्दर्भमा हाम्रा पुर्खा हाम्राे लागि ती भन्दा महान भएकाे बताए। भैरवेश्वर महादेव ट्रष्टका महासचिव तथा राप्रपा केन्द्रीय सदस्य विजय खडकाले याे कार्यक्रम लगायत समाजसेवाका अन्य कार्यक्रममा अचल खडकाका सन्ततिहरू जहाँ रहेपनि निस्वार्थ समाजसेवा गर्ने र समाजमा सद्भावकाे विकास गर्दै जाने खरीबोटलाई बताए।

कार्यक्रममा पुवाँर खडका गुठीका अध्यक्ष सहदेव खडका,भैरवेश्वर महादेव ट्रष्टका उपाध्यक्ष वाेलेन्द्रवहादुर खडका,पुर्व अध्यक्ष गजेन्द्रवहादुर खडका सल्लाहकार तारा वहादुर खडका, गुठिका पुर्व अध्यक्ष नवीन खडका लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम समाजका महासचिव केशर खडकाले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै