• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा विराटनगरमा गोबर ग्यासको उद्घाटन, ३५ घरमा पाइपबाट ग्याँस 

kharibot

विराटनगर । पहिलो प्रधानमन्त्रीको कार्यकालमा भारतीय नाकाबन्दीको सामना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सिलिण्डरको युग समाप्त गरिदिन्छु, घरघरमा ग्यासको पाइप जोडिदिन्छु’ भन्ने अभिव्यक्तिले सार्थकता पाएको छ।

यो सार्थकता प्रधानमन्त्रीको पहलमा भने भएको होइन तर संयोग नै मान्नु पर्छ ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा घरघरमा ग्यासको पाइप उद्घाटन गर्ने अवसर जुरेको छ। उनले मंगलबार मात्रै विराटनगरमा गोबर ग्यासको उद्घाटन गरेका हुन्।

विराटनगरमा आयोजित एक कार्यक्रमको क्रममा प्रधानमन्त्री ओलीले नेपालको पहिलो नमुना बायोग्यास पाइपलाइनको उद्घाटन गरे। उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले गाईलाई घाँस र रोटी समेत खुवाउन भ्याए।

तत्कालीन जिल्ला विकास समितिअन्तर्गत वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले गौशालामा ८४ लाखमा ग्यास उत्पादन गरेको हो। उक्त ग्यास पहिलो चरणमा त्यहाँका ३५ घरमा जडान गरिएको छ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा तीन सय घनमिटर प्लान्ट जडान गरिएको छ। प्रधानमन्त्री ओली बुधबार राजधानी फर्किने कार्यक्रम रहेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै