• २०८१ बैशाख ७ शुक्रबार

मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईपलाईन ५० प्रतिशत सम्पन्न 

kharibot

बारा। राष्ट्रिय गौरवका आयोजना मध्यको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईन गाड्ने काम ५० प्रतिशत सम्पन्न भएको छ । चार महिना पहिले गाड्न शुरु गरेको यो पाईप लाईन निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको हो । 

नेपालमा पेट्रोलियम पदार्थ आयात गरिने प्रमुख नाकाको रुपमा रहेको भारतको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईन निर्माण आयोजनामा नेपाल तर्फको ३६.२ किलोमिटर मध्ये १६ किलो मिटर र भारत तर्फको ३३.७ किलो मिटर मध्ये २४ किलो मिटर पाईप जमिन मुनी गाड्ने काम सम्पन्न भएको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईन निर्माण योजना कार्यलय सिमराले जनाएको छ । 

बैशाख ४ गते देखि पाईप गाड्ने काम शुरु गरेको यस योजनाले पाईप लाईन विस्तार गर्ने रुटमा वजार क्षेत्र , आवासिय भवन , धार्मिक सम्पदा , वनजंगल र खोला नालाका कारण विस्तार कार्यमा केही अवरोध सृजना भएको जनाएको छ । 

भारतीय कम्पनी निखिथा ईन्फ्रास्टक्चरले १५ महिना भित्र काम सक्ने गरि निर्माणको जिम्मा पाएको र हाल सम्मको कार्य प्रगति अनुसार दिएको १५ महिने अवधी भित्र नैं काम सम्पन्न हुँने पेट्रोलियम पाईप लाईन आयोजना कार्यालय सिमराका विज्ञ शरद कुमार पौडेलले दावी गरे । 

पाईप लाईन बिस्तार गर्ने रुटमा पर्ने खोला नालामा ‘होरिजेन्टल डाईरेक्सनल ड्रिलिङ्ग’ मेशिनबाट जमिन मुनि पाईप बिछ्याउँने कामको तयारी समेत आयोजनाले गरेको छ । यसका साथै पाईप लाईन मार्फत आउँने ईन्धन भण्डारणका लागि नेपाल आयल निगम क्षेत्रिय डिपो अमलेखगञ्जमा चार वटा टंकीको मरमत सम्भारको काम भईरहेको विज्ञ पौडेलले जानकारी दिए । 

सिमरा देखि अमलेखगंज सम्म सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र पर्ने भएका कारण कममा केही ढिला भएको छ । निकुञ्जले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन दिईसकेको र दाबी विरोधका लागि ३० दिनको समयावधी दिई सूचना प्रकाशित भईसकेकाले अव जंगल क्षेत्रमा पनि छिट्टै पाईप लाईन विस्तार कार्य हुँने विज्ञ पौडेलको भनाई छ । 

नेपालमा हाल डिजेलको खपत बढि हुँने गरेकोले तत्काल डिजेल मात्र ल्याईने र र विस्तारै मटितेल र पेट्रोलको भण्डारण ट्याङ्क निर्माण भए पश्चात मटितेल र पेट्रोल पनि सोहि पाईप लाईन मार्फत आयात हुने योजना कार्यलय सिमराले जनाएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै