• २०८१ बैशाख १३ बिहीबार

राप्रपाको महामन्त्री र कोषाध्यक्षमा भास्कार भद्रा र उद्धव पौडेल मनोनित

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको महामन्त्री र कोषाध्यक्षमा भास्कार भद्रा र उद्धव पौडेल मनोनित भएका छन्। राप्रपाको नयाँ विधान अनुसार अध्यक्ष कमल थापाले भद्रा र पौडेललाई महामन्त्री र कोषाध्यक्षमा मनोनित गरेका हुन्। 

राप्रपाका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै भद्रा र पौडेललाई महामन्त्री र कोषाध्यक्षमा मनोनित गरेको जानकारी दिएका छन्। 

राप्रपाले गत सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपाध्यक्ष वुद्धिमान तामाङ संयोजकत्वको विधान संशोधन उपसमितिको प्रतिवेदन पारित गर्दै केन्द्रीय पदाधिकारीहरुलाई पदमुक्त गरेको थियो । 

अब राप्रपाको संशोधित विधान अनुसार ५० प्रतिशत पदाधिकारी महाधिवेशनबाट र ५० प्रतिशत अध्यक्ष कमल थापाले मनोनित गर्ने व्यवस्था गरेको छ। 

संशोधित विधानअनुसार राप्रपाको केन्द्रीय समिति २ सय ७७ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा प्रत्येक जिल्लाबाट कम्तीमा एक जनाको प्रतिनिधित्व पनि सुरक्षित गरिएको छ । अब महाधिवेशन प्रतिनिधि र प्रत्येक जिल्लाबाट एकजना केन्द्रिय सदस्य सक्रिय सदस्यहरुको प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् तथा सबै तहमा पदाधिकारीहरु आधा निर्वाचित हुने राप्रपाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै