• २०८१ बैशाख ६ बिहीबार

इन्जिनियरिङमा किन बढ्दै छ विद्यार्थीको आकर्षण ?

kharibot

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरमा इन्जिनियरिङ अध्ययनका लागि भर्ना हुन प्रवेश परीक्षा दिंदै गरेका विद्यार्थी ।

काठमाडौं । इन्जिनियरिंगप्रति धेरै विद्यार्थीको आकर्षण देखिएको छ । यही कारण प्ल टुको रिजल्टपछि धेरै विद्यार्थी इन्जिनियरिंगतर्फको भर्ना हुन थालेका छन् । समाजमा डाक्टर र इन्जिनियर पेशा अहिले पनि सवैभन्दा वढी इज्जतको पेशा बनिरहेको छ । सायद यही कारण होला, इन्जिनियरिंग पढ्ने विद्यार्थीको चाप वढ्नु । 

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका प्राचार्य प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठ समाजमा प्रतिष्ठित पेशाको रुपमा मात्रै नभई राम्रो स्कोप भएको पेशा भएकाले यसप्रति विद्यार्थीको आकर्षण वढेको अनुभब सुनाउँंछन् । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरको स्थापनाकालदेखि प्राध्यापनरत श्रेष्ठको अनुभबमा पछिल्ला वर्षहरुमा पूर्वाधार परियोजनाको बृद्धिसँंगै इन्जिनियर क्षेत्रको राम्रो स्कोप छ ।

‘यी आयोजनामा सिभिल इन्जिनियरहरुमात्रै होइन, बलकी अरु पनि सवैथरीका इन्जिनियरको आवश्यकता उतिकै रहेको हुन्छ’, उनले थपे, ‘यसहिसावमा सजिलै रोजगारी मात्रै होइन, आकर्षक आम्दानी पनि गर्न सकिने पेशा भएकाले यसप्रतिको आकर्षण वढेको हो ।’

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरले राखेको तथ्यांक अनुसार त्यो कलेजमा मात्रै यो वर्षका लागि भर्ना हुन प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या ६ सय हाराहारीमा छन्, बलकी विगतका वर्षहरुमा चार सयको हाराहारीमा मात्रै सिमित हुन्थ्यो । यसबाहेक पनि देशभरका कलेजहरुमा इन्जिनियरिङमा भर्ना हुन चाहने विद्यार्थीको संख्या अधिक रहेको बताइएको छ । 

प्लस टुको रिजल्ट आएसँंगै अहिले स्नातक तहमा भर्ना हुने समय छ । साथसाथै इन्जिनियरिङमा भर्ना हुने समय पनि । साइन्स पढेर प्लस टु पास गरेपछि वा तीन वर्षे डिप्लोमा तह पूरा गरेपछि स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन पाइन्छ । स्नातक तहका इन्जिनियरिङ पनि विविध विधामा छन् ।

स्नातक तहको इन्जिनियरिङमा सिभिल, सिभिल एण्ड रुरल, आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनलगायतका विधामा भर्ना हुन सकिन्छ । यी कोर्षहरुमध्ये अधिकांश चारवर्षे छन् । 

बीई कम्प्युटरमा अध्ययनरत रञ्जना दाहाल वीई कप्युटर सकेपछि विदेश जान सजिलो हुने भएकाले आफूले यो विषय पढेको सुनाउँंछिन् । उनी भन्छिन्, ‘यसबाहेक पनि स्वदेशमै रहेर काम गर्ने हो भने पनि छिटो काम पाइने मात्रै नभई राम्रो कमाई पनि गर्न सकिने भएकाले मैले यो विषय रोजेकी हुँं ।’ 

सिरहाबाट काठमाडौं आएर बीई इलेक्टिकल एण्ड इलेक्टोनिक्स पढिरहेका सोनुकमार यादव यो प्रतिष्ठित पेशा भएकाले यसप्रति आफू आकर्षित रहेको सुनाउँंछन् । ‘सानैबेलादेखि मलाई इलेक्टिसिटी सम्वन्धी विशेष रुचि थियो, उनले आफनो आकर्षणको कारण खुलाउँंदै भने, यही कारण मेरो गहिरो इच्छालाई ध्यान दिई यो विषय रोजेको हुँं ।’ 

नेपाल इन्जिनियरिंग काउन्सिलले राखेको तथ्यांक अनुसार त्रिभुबन विश्वविद्यालयदेखि देशका विभिन्न विश्वविद्यालयहरुले इन्जिनियरिंग विषयको पठनपाठन गराइरहेका छन् ।

तथ्यांक अनुसार देशभर त्रिभुवन विश्वविद्यालय अन्तर्गत १४, पोखरा विश्वविद्यालय अन्तगर्त १४, काठमाडौं विश्वविद्यालय अन्तर्गत दुई, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १६ कलेजहरुमा इन्जिनियरिंगका पढाईहरु भइरहेका छन् । यस हिवासले देशभरबाट वार्षिक नौ हजार इन्जिनियरहरु उत्पादन हुने तथ्यांक छ । 

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरकै उपप्राचार्य सहप्राध्यापक दीपक धामी विगतका तुलनामा इन्जिनियरिगप्रतिको विद्यार्थीको आकर्षण वढोतरी रहेको अनुभब सुनाउँछन् । आफनो कलेजमा मात्रै वार्षिक चार पाँंच सय विद्यार्थीलाई अध्यापन गदाउँंदै आएको उनले जनाए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै