• २०८१ बैशाख ८ शनिबार

माछापुच्छ्रे  बैंक र रियान्डा बिजसर्भबीच वित्तीय साक्षरता सम्झौता

kharibot

काठमाडौं । माछापुच्छ्रे बैंकले यूके एड सक्षम एक्सेस टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भ (फिनलिटसँगको संयुक्त सहकार्यमा) सँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशक  भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै बैंकले तोके बमोजिमका वित्तीय साक्षरता सम्बन्धि सम्पूर्ण कार्यहरु रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा) ले गर्नेछ । यस सम्झौताको कार्यन्वनपश्चात नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लाहरुमा बैंकले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने लक्ष्य राखेको छ । 

बैंकले उक्त वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सम्बन्धि तालिम, श्रव्य–दृश्य प्रस्तुती, नाटक–कथा मञ्चन, किताब र पढ्ने सामग्रीहरु वितरण, आदि कार्यहरु गरिने जनाएको छ ।  

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बंैकिङ्ग  सेवा समेत गरी  जम्मा ११३ स्थानबाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै