काठमाडौँ महानगरले चालु आर्थिक बर्षमा १० प्रतिशत बहाल कर उठाउने 

खरीबोट

काठमाडौँ।  काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको कामपाले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो । 

कामपाले चालु आर्थिक वर्षका लागि नागरिकलाई सहज होस् भन्ने उद्देश्यले विभिन्न सिफारिस दस्तुर निःशुल्क गरेको छ । निःशुल्क गरिएका सिफारिसमा नाबालक, स्वास्थ्य उपचार, अदालत शुल्क मिनाहा, स्वदेशमा अध्ययन गर्न दिइने छात्रवृत्ति, विपन्न विद्यार्थी, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अपाङ्गत भएका व्यक्ति, प्राकृतिक प्रकोपबाट भासिएको घर सिफारिसलगायत छन् । 

त्यस्तै घटना दर्ता –जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद जस्ता घटनाको सिफारिस पाउन ३५ दिनभित्र दर्ता गराए मात्र निःशुल्क हुने व्यवस्था गरेको छ । गएको वर्ष रु १० हजार लिइँदै आएको वैवाहिक अङ्गीकृत नागरिकता सिफारिस दस्तुर घटाएर यो वर्ष रु दुई हजार ५०० कायम गरिएको छ । व्यवसाय बन्द वा सञ्चालन सिफारिसमा गएको वर्ष रु २००० लिइँदै आएकोमा यसवर्ष रु एक हजार लिइने भएको छ । 

गएको वर्ष जग्गा दर्ता सिफारिसमा रु पाँच हजार लिने गरिएको थियो । त्यसलाई घटाएर यस वर्ष रु तीन हजार कायम गरिएको छ । 

सम्बन्धित समाचार

संस्थागत विद्यालयको नाम र परिचयपत्र नेपाली भाषामै लेखाउँदै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि यसलाई अनिवार्य बनाउन लागिएको

व्यवस्थापनमा सुस्त काठमाडौं महानगर कहिले हुने चुस्त ?

काठमाडौं । काठमाडौं महानगर, नेपाल विद्युत् प्राधिकरणलगायतका सम्बन्धित निकायहरुको लापरबाहीको कारण काठमाडौंका सडक छेउका घरहरु आगलागीको उच्च जोखिममा परेका छन् । कुरा हो मंगलबार मध्याह्नको । बिजुलीबजार पुलछेउमा रहेको भाटभटेनीअगाडि

संघ र प्रदेश सरकारको सहभागितामा जनस्तरीय महानगर दिवस मनाइने — मेयर शाक्य 

काठमाडौं । २४औं महानगरका अवसरमा आयोजना गरिने कार्यक्रममा संघ र प्रदेश सरकारलाई सहभागी गराएर जनस्तरीय कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगर दिवस भनेको हरेक महानगरबासीको

काठमाडौँ महानगरपालिकाको प्रवक्तामा वडा अध्यक्ष डंगोल 

काठमाडौँ। काठमाडौँ महानगरको मंसिर २४ गते बसेको कार्यपालिका  बैठकले महानगरको प्रवक्तामा  कामपा वडा नम्बर १४ का वडा अध्यक्ष इश्वरमान डंगोललाई  दिने निर्णय गरेको छ  ।  त्यस्तै महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित


z