नेपाल मेडिसिटी अस्पतालमा सिरहावासीले विशेष सहुलियत पाउने 

खरीबोट

ललितपुर। भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटीमा मंगलबार सिरहा समाज सेवाका अध्यक्ष विष्णु कुमार साह र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो । 

सम्झौता अनुसार सिरहा समाज सेवासंग समन्वय गरि नेपाल मेडिसिटीमा उपचारका लागि आउने सिरहावासीले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । 

नेपालमै सम्पूर्ण उपचार सम्भव रहेको अवस्थामा विभिन्न स्थानमा फैलिएका नेपालीहरुलाई स्वदेशी अस्पतालको सेवासुविधामा सहभागि गराउने उद्धेश्यमा यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालका महाप्रबन्धक रिमालले बताए । त्यस्तै सिरहा समाजका अध्यक्ष साहले  नेपालकै उत्कृष्ट अस्पतालसंग समन्वय गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । 

सिरहावासीहरुले नेपाल मेडिसिटी अस्पतालको नगदरहीत स्वास्थ्य वीमा कार्यक्रममा सहभागी भई सुलभ उपचार प्राप्त गर्न सिरहा समाज सेवा वा नेपाल मेडिसिटीमा सम्पर्क राखी बीमा कार्यक्रममा आबद्ध हुन सक्ने सो अवसरमा जानकारी गराइएको छ । 


 

सम्बन्धित समाचार

मेडिसिटी अस्पतालमा फिजियोथेरापीसम्बन्धी सम्मेलन 

ललितपुर । नेपाल मेडीसिटी अस्पतालमा नेपाल फिजियोथेरापी संघ (नेप्टा)को आयोजनामा नवौं नेप्टाकन प्रि–कन्फ्रेन्स आयोजना गरिएको छ । कार्यक्रमलाई अस्पतालकि प्रबन्ध निर्देशक डा.समता प्रसादले उद्घाटन गरेका थिए । विभिन्न स्थानमा हुने

सेभ द चिल्ड्रेन र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता 

काठमाडौं । भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटीमा सोमबार सेभ द चिल्ड्रेन नेपाल र नेपाल मेडिसिटीबीच विशेष सम्झौता भएको छ ।   सेभ द चिल्ड्रेनकी डेपुटी कन्ट्री डाइरेक्टर बन्दना रिजाल र नेपाल मेडिसिटीका

नेपाल मेडिसिटी अस्पतालमा सिरहावासीले विशेष सहुलियत पाउने 

ललितपुर। भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटीमा मंगलबार सिरहा समाज सेवाका अध्यक्ष विष्णु कुमार साह र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।  सम्झौता अनुसार सिरहा समाज सेवासंग

मेडिसिटी अस्पतालमा तीन दिने ब्रेष्ट तथा एसोफेगस सम्मेलन सम्पन्न  

ललितपुर। ललितपुरमा अवस्थित नेपाल मेडिसिटी अस्पतालमा सोमबारबाट शुरु भएको  ब्रेष्ट तथा एसोफेगस सम्मेलन बुधबार सम्पन्न भएको छ ।  “उपचार, पुनर्स्थान र भविष्यका आधारहरु” मूल नारा सहित आयोजना भएको सम्मेलनमा २०० भन्दा


z