• २०८१ बैशाख ७ शुक्रबार

नेपाल मेडिसिटी अस्पतालमा सिरहावासीले विशेष सहुलियत पाउने 

kharibot

ललितपुर। भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटीमा मंगलबार सिरहा समाज सेवाका अध्यक्ष विष्णु कुमार साह र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो । 

सम्झौता अनुसार सिरहा समाज सेवासंग समन्वय गरि नेपाल मेडिसिटीमा उपचारका लागि आउने सिरहावासीले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । 

नेपालमै सम्पूर्ण उपचार सम्भव रहेको अवस्थामा विभिन्न स्थानमा फैलिएका नेपालीहरुलाई स्वदेशी अस्पतालको सेवासुविधामा सहभागि गराउने उद्धेश्यमा यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालका महाप्रबन्धक रिमालले बताए । त्यस्तै सिरहा समाजका अध्यक्ष साहले  नेपालकै उत्कृष्ट अस्पतालसंग समन्वय गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । 

सिरहावासीहरुले नेपाल मेडिसिटी अस्पतालको नगदरहीत स्वास्थ्य वीमा कार्यक्रममा सहभागी भई सुलभ उपचार प्राप्त गर्न सिरहा समाज सेवा वा नेपाल मेडिसिटीमा सम्पर्क राखी बीमा कार्यक्रममा आबद्ध हुन सक्ने सो अवसरमा जानकारी गराइएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै