• २०८१ बैशाख ५ बुधबार

सिपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी, डेभिड वार्नरको लिए विकेट  

kharibot

काठमाडौँ। क्याराबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गतको खेलमा सन्दीप लामिछानेले आफ्नो चौथो खेलमा पनि उत्कृष्ट बलिङ जारी राखेका छन्।  सन्दीपले आज भएको खेलमा सेन्ट लुसिया स्टार्सका २ विकेट लिएका छन्।  

सन्दीपले स्टार्सका डेभिड वार्नर र क्वेस अहमदको विकेट लिएका थिए। सन्दीपले वार्नरलाई १४ रन मा र अहमदलाई २४ रनमा आउट गरेका थिए। यस खेलमा सन्दीपले केवल २ ओभर मात्र बलिङ गरेका थिए।  सन्दीपले २ ओभरमा १३ रन दिएर २ विकेट लिएका हुन्।  

सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सको उत्कृष्ट बलिङपछि सेन्ट लुसिया स्टार्स १२.३ ओभरमा ६९ रन बनाएर अलआउट भएको छ भने प्याट्रोयट्सले सो लक्ष्य ७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै प्रतियोगितामा चौथो खेलमा दोस्रो जित हासिल गरेको छ ।  

नेपाली युवा बलर सन्दीप लामिछानेले पनि सिपिएलमा राम्रो छाप छोडिरहेका छन्।  उनले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सिपिएलमा अहिलेसम्म ७ विकेट लिएका छन्। सन्दीप सिपिएलमा धेरै विकेट लिने बलरको सुचिमा चौथो स्थानमा र कम रन दिने बलरको रुपमा दोस्रो स्थानमा रहेका छन् । 

सन्दीपले पहिलो खेल गुयाना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ गर्दै १२ रन दिएर २ विकेट लिएका थिए भने दोस्रो खेलमा ट्रिनबागो नाइटराइडरविरुद्ध ३ ओभर बलिङ गर्दै एक मेडन ओभर सहित १७ रन दिएर एक विकेट लिएका थिए । त्यस्तै तेस्रो खेलमा जमैका तल्लावाहाविरुद्धको आफ्नो ४ ओभरको स्पेलमा सन्दीपले २१ रन दिएर महत्वपूर्ण २ विकेट लिएका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै