• २०८१ बैशाख १४ शुक्रबार

नेपाल स्रष्टा समाजले तीन स्रष्टालाई सम्मान गर्दै

kharibot

काठमाडौँ । नेपाल स्रष्टा समाजले यस वर्ष तीन स्रष्टालाई सम्मान गर्ने भएको छ ।

शास्त्रीय शैलीका रचनाकार स्व नारायणदत्त शास्त्रीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान, साहित्य र सञ्चारका क्षेत्रमा साधनारत स्रष्टा सिर्जना शर्मालाई दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान र रमेश शुभेच्छुकलाई प्रसिद्ध कँडेल स्मृति युवा सम्मान गरिने समाजका पुष्पा खनालले जानकारी दिए । स्रष्टा शास्त्रीलाई मरणोपरान्त सो सम्मान अर्पण गर्न लागिएको हो ।

उनीहरुलाई सम्मानपत्रसहित जनही रू. ११ हजार १११ बाट पुरस्कृत गरिनेछ । उक्त पुरस्कार यही भदौ ३० गते समाजको साधारणसभाको अवसरमा प्रदान गरिनेछ । यसअघि समाजद्वारा स्थापित योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान नीलम कार्की र योगमाया न्यौपानेलाई तथा अभियन्ता राष्ट्रिय सम्मान वरिष्ठ इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिएको थियो । समाजमा १६० स्रष्टा आबद्ध छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै