• २०८१ बैशाख १३ बिहीबार

प्रधानमन्त्री ओली झापामा

kharibot

झापा । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा गएका छन् ।

प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि उनी दोस्रोपटक त्यहाँ गएका हुन् । बुधबार कमल गाउँपालिका र गौरादहमा उनको नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए ।

प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्ने छन् । उनले गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओली बुधबार नै काठमाडौँ फर्कने कार्यक्रम छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै