• २०८१ बैशाख ७ शुक्रबार

कलंकी अन्डरपास बुधबारदेखि बन्द 

kharibot

काठमाडौँ। कलंकीको अन्डरपास संचालन भएको एक साता पनि नहुदै बुधबारबाट बन्द भएको छ। केही प्राविधिक कामहरू नसकिएकाले साता दिनका लागि बाटो बन्द गरिएको चक्रपथ सुधार आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार अन्डरपासभित्र दायाँबायाँ लाइट राख्नेलगायत प्राविधिक काम र पिच गर्न पनि बाँकी रहेकाले बन्द गरिएको हो। अन्डरपास पिच नगरेकाले धुलो उडेर सडक हिड्न नहुने भएको थियो। सुरु गरेकै दिन अन्डरपासमा काम गर्ने कामदारले काम नै नसकी सुरु गरिएको बताएका थिए। 

चीन सरकारको आर्थिक सहयोगमा पहिलो चरणमा भएको कोटेश्वर-कलंकी चक्रपथ अन्तर्गत यो अन्डरपास बनाइएको हो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै