• २०८१ बैशाख ४ मंगलबार

अभ्यास खेलमा नेपालले श्रीलंका आर्मी क्लबलाई १९५ रनको लक्ष्य दियो 

kharibot

काठमाडौँ। एशिया कप क्वालिफायरको तयारीमा श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले आज श्रीलंका क्रिकेट टिमसँग अभ्यास खेल  खेलिरहेको छ। टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४८.४ ओभरमा अलआउट हुदै १९४ रन बनाएको छ ।  

नेपालको पारीमा आरिफ शेखले सर्वाधिक ८९ रन बनाएका थिए । आरिफले ११८ बलमा ८९ रनको भरपर्दो पारी खेलेका थिए । त्यस्तै यस खेलमा कप्तानी गरेका ज्ञान्नेद्र मल्लले २१, सुबास खकुरेलले १० ललित भण्डारीले ११,बसन्त रेग्मीले १६, बिनोद भण्डारीले १६, रोहित पौडेलले १२, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र अनिल कुमार शाह शुन्य रनमा आउट भएका थिए। आजको अभ्यास खेलमा नेपालका नियमित कप्तान पारस खड्का, करण केसी र सगर पुन खेलेका छैनन्।   

श्रीलंकामा नेपाली टिमले आगामी भाद्र ८ गते ब्लूमफिल्ड क्लबसँग र भद्र १० गते कोल्ट्स क्लबसँग अभ्यास खेल खेल्ने छ भने तीन अभ्यास खेल पछि नेपाली टिम भाद्र ११ गते एशिया कप क्वालिफायरको लागि मलेसिया जाने कार्यक्रम रहेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै