• २०८१ बैशाख १३ बिहीबार

बालगोपाल महर्जन राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षक नियुक्त

kharibot

काठमाडौं।  बालगोपाल महर्जन राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा नियुक्त भएका छन् । 

अखिल नेपाल फुटबल संघ एन्फाले जापानी प्रशिक्षक ग्योतुको कोजीको श्रमस्वीकृति म्याद सकिएका कारण नेपाल आउन नसक्ने भएपछि हाल सहायक प्रशिक्षक रहेका महर्जनलाई टिमको कार्यवाहक प्रशिक्षकको जिम्मा दिएको जनाएको छ । 

बालगोपालले  सेप्टेम्बर ४ देखि हुने साफ च्याम्पियनसिपमा खेल्ने नेपाली फुटबल टिमलाई प्रशिक्षण दिने छन् ।

एसियाली खेलकूदका लागि इण्डोनेसिया गएका कोजीलाई अध्यागमन विभागले २०१८ भरि नेपाल छिर्न नदिने भनेपछि उतैबाट घर फर्किएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै