• २०८१ बैशाख १३ बिहीबार

नेपाल मेडिसिटी र प्रभु इन्सुरेन्सबीच विशेष सम्झौता  

kharibot

काठमाडौँ। प्रभु इन्सुरेन्सका ग्राहक तथा सेवाग्राहिले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागु हुनेछ । 

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र प्रभु इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चीत बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै दुई संस्था बीमा र स्वास्थ्य उपचारका माध्ययमबाट जोडिने भएका छन् । 

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, प्रभु इन्सुरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य जाँच गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले अस्पतालको सेवाबाट प्रभावित भएको बताए । त्यस्तै अस्पतालसंग दिगो रुपमा काम गर्र्ने अपेक्षा रहेको प्रभुका रि इन्सुरेन्स विभागका प्रमुख सुविन श्रेष्ठले बताए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै