• २०८१ बैशाख ८ शनिबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्नासम्बन्धी अध्ययन गर्न कार्यदल गठन

kharibot

काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ । 

कार्यदलमा चिकित्सकद्वय जीवन क्षेत्री, केदार बराल तथा कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि एवं सुर्खेत अञ्पतालका प्रतिनिधिसमेत रहनुभएको शिक्षा मन्त्रालयले जनाएको छ । 

सरकार र चिकित्सक डा गोविन्द केसीका बीचमा साउन १० गते भएको सहमति कार्यान्वयन गर्न सो कार्यदल गठन गरिएको हो । सहमतिको प्रमुख बुँदाका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संशोधनका क्रममा प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिमा छलफलका क्रममा रहेको र सो विधेयकमाथि २२ वटा संशोधन दर्ता भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै