• २०८१ बैशाख ५ बुधबार

विश्व बैंकको एक अर्ब ६४ करोड ऋण सहयोग 

kharibot

काठमाडौँ। एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार परियोजना कार्यान्वयन गर्न विश्व बैंकले नेपाल सरकारलाई रु एक अर्ब ६४ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । 

अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त बैंकका देशीय व्यवस्थापक फारिस हादाद जार्भोस र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरेका छन्।  त्यस अवसरमा देशीय व्यवस्थापक जार्भोसले नेपाल सरकारको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी सुझबुझपूर्ण निर्णयको प्रशंसा गरे । 

सहसचिव नेपालले नेपालको सामाजिक, आर्थिक विकासमा विश्व बैङ्कबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै