• २०८१ बैशाख ७ शुक्रबार

सिपिएलमा प्याट्रोयट्सको तेस्रो जित, सन्दीप एशियन क्वालिफायर खेल्न मलेसिया जाने 

kharibot

काठमाडौँ। क्याराबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गतको खेलमा सन्दीप लामिछानेको टिम सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सले जित हासिल गरेको छ। आज भएको खेलमा प्याट्रोयट्सले बार्बाड़ोस ट्रीडेन्टसलाई ६ विकेटले पराजित गरेको हो। 

सन्दीप भने आजको खेलमा महँगो साबित हुन पुगे।  सन्दीपले ४ ओभर बलिङ गर्दै ४३ रन दिए भने उनले कुनै विकेट लिन सकेनन्। यस सँगै सन्दीप सिपिएलको यस सिजनबाट फर्किदै छन्।  भाद्र १३ गतेबाट मलेसियामा हुने एशियन क्वालिफायरका लागि नेपालको राष्ट्रिय टिमबाट खेल्न सन्दीप सिपिएल छोडेर मलेसिया जाने भएका हुन्। 

सन्दीप यस सिजनको सिपिएलमा कुल ५ खेल खेल्दै ७ विकेट लिएका छन्। सन्दीपले पहिलो खेल गुयाना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ गर्दै १२ रन दिएर २ विकेट लिएका थिए भने दोस्रो खेलमा ट्रिनबागो नाइटराइडरविरुद्ध ३ ओभर बलिङ गर्दै एक मेडन ओभर सहित १७ रन दिएर एक विकेट लिएका थिए । त्यस्तै तेस्रो खेलमा जमैका तल्लावाहाविरुद्धको आफ्नो ४ ओभरको स्पेलमा सन्दीपले २१ रन दिएर महत्वपूर्ण २ विकेट लिएका थिए। 

सन्दीपले चौथो खेलमा स्टार्सविरुद्ध सन्दीपले २ ओभरमा १३ रन दिएर २ विकेट लिएका थिए ।  

युवा बलर सन्दीपले पहिलो पटक सिपिएलमा खेल्दै राम्रो छाप छोडेन सफल भएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै