• २०८१ बैशाख ८ शनिबार

पिएजसीको जितमा कभानी, एम्बाप्पे र नेइमारको गोल 

kharibot

काठमाडौँ।  फ्रेन्च लिग वानमा पिएसजीले जित हासिल गरेको छ। शनिबार भएको खेलमा पिएसजीले एञ्जर्सलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। 

पिएसजीको जितमा एडिसन कभानी, किलियन एम्बाप्पे र नेइमारले एक एक गोल गरेका थिए भने एञ्जर्सका लागि थोमस मंगानीले एक गोल गरेका थिए। 

खेलको पहिलो हाफमा कभानीले खेलको १२औ मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए भने एञ्जर्सले खेलको २२औ मिनेटमा पाएको पेनाल्टीलाई मंगानीले गोलमा परिणत गर्दै खेल १-१ गोलको बराबरी गरेका थिए । पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५१औ मिनेटमा एम्बाप्पे र ६६औ मिनेटमा निइमारले गोल गर्दै पिएसजीलाई ३-१ को जित दिलाएका थिए। 

पिएसजीले यस सिजनमा सुरुका तीन खेलमा नै जित हासिल गर्दै उत्कृष्ट प्रदर्शन जारी राखेको छ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै