• २०८१ बैशाख १२ बुधबार

सिरहामा छोराको कुटाइबाट घाइते बुबाको मृत्यु

kharibot

सिरहा । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहाको लहान नगरपालिका–१८ मनर्वामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ ।

घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बाबुलाई कुटपिट गर्ने सञ्जयलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै