• २०८१ बैशाख ६ बिहीबार

सिपिएलमा मोहमद इरफानको ऐतिहासिक बलिङ, ४ ओभरमा ३ मेडन १ रन २ विकेट   

kharibot

काठमाडौँ।  पाकिस्तानका तिब्र गतिका बलर मोहमद इरफानले हाल जारी क्यारेबियन प्रिमियर लिगमा आज भएको खेलमा टि-२० क्रिकेटको इतिहासमा अहिलेसम्मकै इकोनोमिक बलिङ गरेका छन्। 

सिपिएलको आजको खेलमा बार्बाड़ोस ट्रीडेन्टसका तर्फबाट सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सविरुद्ध खेल्दै ४ ओभरमा ३ ओभर मेडन राख्दै केवल एक रन दिएर २ विकेट लिएका छन्। बार्बाड़ोस पराजित भएको यस खेलमा इरफानको यो बलिङ स्पेलले रेकर्ड बनाएको छ। 

इरफानले ४ ओभरको आफ्नो स्पेलमा कुल २४ बलमा २३ बल डट फालेका छन्। इरफानले क्रिश गेल र इभिन लुइसलाई आउट गरेका थिए। सो खेलमा इरफान खेलेको टिम बार्बाड़ोस ट्रीडेन्टस यस खेलमा पराजित भए पनि मोहमद इरफान खेलको म्यान अफ द म्याच बनेका थिए।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै