• २०८१ बैशाख ८ शनिबार

अन्तिम अभ्यास खेलमा कप्तान पारसले हाने अर्धशतक 

kharibot

काठमाडौँ। एसिया कप छनौट प्रतियोगिताको तयारीको लागि श्रीलंकाको कोलम्बोमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा कोल्ट्स क्लबविरुद्ध नेपालका कप्तान पारस खड्काले अर्धशतक हानेका छन्। पारसले ४८ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन्। कप्तान पारस खड्का ५७ बलमा ५८ रन बनाएर आउट भएका छन्। २१७ रन पछ्याएको नेपालले  ३ विकेट गुमाएको छ।

नेपालका लागि ज्ञानेन्द्र मल्ल ४५ रन बनाएर आउट भएका छन् भने सुबास खकुरेलले २२ रन बनाएर आउट भएका थिए।  

यसअघि कोल्ट्स क्लबको मैदानमा कोल्ट्स क्लबले टस जितेर पहिले ब्याटिंग गदै निर्धारित ४९.५ ओभरमा अलआउट हुदै २१६ रन बनाएको छ । नेपालका लागि सोमपाल कामीले ३, करण केसीले र सागर पुनले २-२ विकेट र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए । त्यस्तै कोल्टस क्लबका लागि हसन हेवानले ५९ , आयानले ३६, मधुरा लकमलले ३१ रन बनाए भने विश्व चतुरंगले २६ रन बनाएका थिए।

आजको अभ्यास खेलमा ललित भण्डारी, बसन्त रेग्मी र अनिल कुमार शाहलाई आराम दिइएको छ भने आजको अभ्यास खेलको अन्तिम ११ मा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, सोमपाल कामी, करण केसी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, विनोद भण्डारी र सुबास खकुरेल रहेका छन्। 

यसअघि खेलेका दुवै अभ्यास खेल जितेको नेपाली टोली श्रीलंकामा आजको आफ्नो अन्तिम अभ्यास खेल पछि भाद्र ११ गते एशिया कप क्वालिफायरको लागि मलेसिया जाने कार्यक्रम रहेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै