• २०८१ बैशाख १२ बुधबार

प्रकाण्डलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

kharibot

 काठमाडौं। सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । 

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले प्रकाण्डलाई २४ घण्टाभित्र उपस्थित गराई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश दिएको छ । 

प्रकाण्डका भाइ वीरेन्द्रले शुक्रबार दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आइतबार सुनुवाइ गरी आदेश दिइएको हो । यससँगै अदालतले तीन पटक सरकारका नाममा आदेश दिएको छ ।

आदेश दिइएपछि पक्राउ परेका प्रकाण्डलाई छाड्ने र पुनःप्रहरीले पक्राउ गर्ने गरेको छ । सरकारले चन्दा उठाएको र स्काभेटर जलाएको आरोपमा प्रकाण्डलाई पक्राउ गरेको थियो । आजै नुवाकोट अदालतले प्रकाण्डलाई प्रहरी हिरासतमा राख्न तीन दिनको अनुमति दिएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै