• २०८१ बैशाख १२ बुधबार

दैलेखमा पुल नहुँदा सास्ती

kharibot

दैलेखमा पुल नहुँदा सास्ती

दैलेख । खोलामा झोलुङ्गे पुल नुहुँदा दैलेखको भगवतीमाई गाउँपालिकाका बासिन्दाले सास्ती भोग्नुपरेको छ ।

भगवतीमाई– ३ र ४ का बासिन्दा पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य छन् । दुई वडालाई जोड्ने घुम्ने धारा खोलामा झोलुङ्गे पुल नहुँदा यहाँका बासिन्दाको यात्रा जोखिमपूर्ण बनेको छ । पानीको परिमाण कम भएका बेला मात्र खोला तर्न सकिन्छ । “बर्खामा जोखिम मोलेर खोला तर्नुको विकल्प छैन्,” यहाँका एक वासिन्दाले भने ।

पुल नहुँदा भगवती माध्यमिक विद्यालय धुम्नेमा अध्ययनरत विद्यार्थीलाई समस्या भएको छ । खोला तरेर यहाँका झण्डै ८० विद्यार्थी विद्यालय जाने गरेका छन् । विद्यार्थीले काठको अस्थायी पुल निर्माण गरेर आवतजावत गर्ने गरेको विद्यालयका शिक्षक शान्तिप्रसाद रेग्मीले बताए । “पानी परेको दिन विद्यार्थी आउदैनन्,” उनले भने । अस्थायी पुल बाढीले बेलाबेलामा बगाउने गरेको छ । पुल निर्माणका लागि पहल भइरहेको भगवतीमाई– ४ का वडा सदस्य गणेशप्रसाद अधिकारीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै