• २०८१ बैशाख १३ बिहीबार

नेपाल बङ्गलादेश बैँकले विद्यालयलाई साढे २ लाख दियो 

kharibot

काठमाडौं / नेपाल बङ्गलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल राष्ट्र बैँकको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा गत शनिबार एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले काभ«े स्थित श्री सृष्टिकान्त आधारभूत विद्यालयलाई २ लाख ७५ हजार रकमको आर्थिक् सहयोग हस्तान्तरण गरेको हो । 

सो रकम यहि विद्यालयको विद्यार्थीहरूका लागि बेन्च निर्माण गर्न उपलब्ध गराइएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर शिवराज श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना कार्यक्रमा सहभागी भई उक्त विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ।

बैंकले  बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने हाम्रो लक्ष्य रहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै