• २०८१ बैशाख ७ शुक्रबार

पुटिनका कट्टर आलोचक नाभाल्नीलाई जेल सजाय

kharibot

मस्को। रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला गरेको हो । 

यसै बर्षको सुरुमा उनको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले जेल सजाय तोकेको समाचारमा जनाइएको छ । उनकै नेतृत्वमा आयोजना गरिएको अर्को राजनीतिक र्याली हुन लागेको अघिल्लो दिन उनलाई अदालतले यस्तो फैसला सुनाएको हो । 

टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटक पटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताए । नाभाल्नीलाई शनिबार बेलुका नै मस्कोमा रहेको उनको घर बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै