• २०८१ बैशाख १४ शुक्रबार

बक्स अफिसमा अक्षयकुमारको जादु, फिल्म 'गोल्ड' सय करोड क्लबमा 

kharibot

मुम्बई । बलिवुडका खेलाडी कुमार भनेर चिनिने अक्षयकुमारको नयाँ फिल्म ‘गोल्ड’ ले रिलिजको १३औ दिन भारतीय बक्स अफिसमा सय करोड व्यापार गर्न सफल भएको छ। बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्म गोल्डले सोमबार एक करोड ४५ लाख व्यापार गर्दै कुल एक सय करोडको व्यापार गरेको छ। 

फिल्मले पहिलो सात ८९ करोड २० लाख ब्यापार गरेको थियो भने दोस्रो सातामा सोमबारसम्म ११ करोड १५ लाख व्यापार गरेको छ। योसँगै गोल्ड यस बर्ष सय करोड क्लबमा पुग्ने अठौ फिल्म बनेको छ।  यस बर्ष जनवरीमा पद्मावत, फेब्रुअरीमा सोनी की टिटुकी स्विटी, मार्चमा रेड, मार्च मै बागी-२, मे महिनामा राजी, जुनमा रेस-३ र सन्जु र अगस्ट महिनामा गोल्ड सय करोड क्लबमा प्रवेश गरेको छ। 

अक्षयको यो फिल्म गोल्ड अर्जुन अवार्ड विजेता भारतीय पुर्व हकी खेलाडी कप्तान सन्दीप सिंहको बायोपिकमा आधारित फिल्म हो । यस फिल्ममा राष्ट्रभक्ति देखाइएकोले अक्षयकुमा ले फेरी बाजी मार्ने फिल्म विश्लेषकहरुले प्रतिक्रिया दिएका छन् ।

फिल्ममा हकीका पुर्वकप्तान सन्दीप सिंहको गोल्ड मेडल जित्ने चाहनालाई पर्दामा अक्षयकुमा ले जीवन्त बनाएको अनुमान गर्न सकिन्छ । फिल्ममा अंग्रेजले भारत छोडेपछि भारतको लागि खेल्ने चाहनालाई देखाइएको छ । फिल्ममा अक्षयकुमारका अलावा टेलिभिजन अभिनेत्री मोनी रोयले पनि अभिनय गरेकी छन् ।

रीमा खग्टिले निर्देशन गरेको यस फिल्मलाई फरहान अख्तर र रितेश सिडवानीले निर्माण गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै