रोनाल्डोको गोल बन्यो युइएफएको 'गोल अफ द सिजन'

खरीबोट

काठमाडौँ।  क्रिस्टियानो रोनाल्डोले युनियन अफ युरोपियन फुटबल एशोसियसन (युइएफए) को गोल अफ द सिजनको उपाधि जितेका छन्।  रोनाल्डोले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा हालको क्लब युभेन्टसविरुद्ध गरेको गोलले सर्वाधिक भोट पाएपछि रोनाल्डोको सो गोल गोल अफ द सिजन बनेको हो।  

रोनाल्डोले बाइस्कल किक हान्दै गोल गरेपछि युभेन्टसका फ्यानहरुले उठेर उनको सम्मान गरेका थिए, सोहि सम्मानका कारण रोनाल्डो रियल म्याड्रिड छोडेर अहिले युभेन्ट्स आएको स्वयं आफैले स्वीकार गरेका छन्। युइएफएको वेभसाइटमा गरिएको अनलाइन भोटिंगमा रोनाल्डोको सो गोलले कुल ३ लाख ४६ हजार ९ सय १५ भोट मध्ये एक लाख ९७ हजार ४ सय ९९६ भोट पाएको थियो। 

अघिल्लो बर्ष युभेन्ट्सका मारियो मण्डजुकिकले रियल म्याड्रिडविरुद्ध गरेको गोलले यो उपाधि पाएको थियो। त्यसअघि सन् २०१६ र २०१५ मा बार्सिलोनाका लियोनेल मेसीको गोल गोल अफ द सिजन बनेको थियो। 

यस भोटिंगमा फ्रान्सका डिमीट्री पायेटले युरोपा लिगमा गरेको गोलले दोस्रो धेरै मत पाएको छ भने स्पेनकी महिला खेलाडीले जर्मनीविरुद्ध गरेको गोल तेस्रो स्थानमा रहेको छ। 

सम्बन्धित समाचार

रोनाल्डोको गोलमा युभेन्टसले जित्यो इटालियन सुपर कप

काठमाडौँ । युभेन्टसले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । गएराती खेलिएको फाइनल खेलमा एसी मिलानलाई १-० गोल अन्तरले पराजति गर्दै उपाधि जितेको हो । साउदी अरेबियाको जेदाहमा खेलिएको फाइनल

लसभेगास प्रहरीले रोनाल्डोको डिएनए माग्यो 

काठमाडौँ । बलात्कार आरोप गरेको लागेका फुटबलर क्रिस्टियानो रोनाल्डोसँग लसभेगास प्रहरीले उनको डीएनए नमुना माग गरेको छ ।  रोनाल्डोका वकिल पिटर क्रिस्टियनसेनले डिएनए मागेको पुष्टि गर्दै प्रहरीले डिएनएका लागि अनुरोध गरेको

रोनाल्डोलाई ग्लोब सकर र उत्कृष्ट गोलको अवार्ड 

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले सन् २०१८ को ग्लोब सकर अवार्डमा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।  बिहीबार राति दुबईमा भएको समारोहमा युभेन्टसका खेलाडी रोनाल्डोले अघिल्लो वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पाएका हुन्

युभेन्टसको जितमा रोनाल्डोको २ गोल

काठमाडौँ। इटालियन सिरी ए मा युभेन्टसले साम्पडोरियालाई पराजित गरेको छ। शनिबार भएको खेलमा युभेन्टसले साम्पडोरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो।  युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरेका थिए भने फाबियो


z