• २०८१ बैशाख ११ मंगलबार

रोनाल्डोको गोल बन्यो युइएफएको 'गोल अफ द सिजन'

kharibot

काठमाडौँ।  क्रिस्टियानो रोनाल्डोले युनियन अफ युरोपियन फुटबल एशोसियसन (युइएफए) को गोल अफ द सिजनको उपाधि जितेका छन्।  रोनाल्डोले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा हालको क्लब युभेन्टसविरुद्ध गरेको गोलले सर्वाधिक भोट पाएपछि रोनाल्डोको सो गोल गोल अफ द सिजन बनेको हो।  

रोनाल्डोले बाइस्कल किक हान्दै गोल गरेपछि युभेन्टसका फ्यानहरुले उठेर उनको सम्मान गरेका थिए, सोहि सम्मानका कारण रोनाल्डो रियल म्याड्रिड छोडेर अहिले युभेन्ट्स आएको स्वयं आफैले स्वीकार गरेका छन्। युइएफएको वेभसाइटमा गरिएको अनलाइन भोटिंगमा रोनाल्डोको सो गोलले कुल ३ लाख ४६ हजार ९ सय १५ भोट मध्ये एक लाख ९७ हजार ४ सय ९९६ भोट पाएको थियो। 

अघिल्लो बर्ष युभेन्ट्सका मारियो मण्डजुकिकले रियल म्याड्रिडविरुद्ध गरेको गोलले यो उपाधि पाएको थियो। त्यसअघि सन् २०१६ र २०१५ मा बार्सिलोनाका लियोनेल मेसीको गोल गोल अफ द सिजन बनेको थियो। 

यस भोटिंगमा फ्रान्सका डिमीट्री पायेटले युरोपा लिगमा गरेको गोलले दोस्रो धेरै मत पाएको छ भने स्पेनकी महिला खेलाडीले जर्मनीविरुद्ध गरेको गोल तेस्रो स्थानमा रहेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै