काठमाडौँ। आजदेखि भाद्र १५ गतेसम्म ३ दिन काठमाडौँ उपत्यकामा संचालन हुने सम्पुर्ण निजि र भाडाका सवारी साधनहरुलाई जोर बिजोर प्रणाली लागु गरिएको छ।
भाद्र १४ र १५ गते हुन गईरहेको चौथो बिम्स्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित,व्यवस्थित र सहज बनाउन निजि र भाडाका सवारी साधनहरुलाई जोर बिजोर प्रणाली अनुसार संचालन गरिने भएको हो।
ट्राफिक प्रहरीका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन हुनेछन् भने १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन हुने छन् ।
ट्राफिक प्रहरीका अनुसार बिमस्टेक कार्यक्रममा जाने निमन्त्रणा भएका सवारी साधनहरुलाई,गृह तथा परराष्ट्र र बिमस्टेकमा खटिएका कर्मचारीहरुलाई, सांसदहरुको सवारी साधनहरुलाई, अत्यावश्यक सेवा , अति आवश्यक कार्य (बिरामी, विद्यार्थीको परीक्षा, एयरपोर्ट टिकेट भएका) हरुलाई, कुटनितिक नियोगका सवारी साधनहरु, सुचना विभागबाट प्रेस पास लिएका पत्रकारहरूलाई जोर बिजोर प्रणाली छ।
त्यस्तै जोर बिजोर प्रणाली बिहान ६ बजे अघि र बेलुकी १० बजे पछि लागु नहुने पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ।