काठमाडौँ। एशियन क्वालिफायरमा ओमानविरुद्ध सागर पुनले अर्धशतक हानेका छन्। सागरले ६५ बलमा आफ्नो अर्धशतक बनाएका हुन्।
आरिफले ३५ र सागरले ६३ रन बनाएर खेलिरहेका छन्। आरिफ र सागरबीच अहिलेसम्म ८६ रनको साझेदारी भएको छ।
नेपालले अहिले ४४ ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको छ। यसअघि उपकप्तान ज्ञान्नेद्र मल्लले ४५, दिपेन्द्र सिंह ऐरीले ९, पारस खड्काले ८, सुबास खकुरेलले ४ रन बनाएका थिए।