• २०८१ बैशाख ७ शुक्रबार

महोत्तरीमा मोटरसाइकलको निहुँमा आत्महत्या

kharibot

महोत्तरी । अभिभावकले मोटरसाइकल नकिनिदिएको निहुँमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा मङ्गलबार एक विद्यार्थीले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पिपरा गाउँपालिका–६ रतौली गाउँका स्थानीय २१ वर्षीय आशिष मुखियाले घरनजिकै रहेको आँपको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

यसै वर्ष माध्यमिक शिक्षा परीक्षा पास गरेका आशिषले अभिभावकलाई मोटरसाइकल किनिदिन भनेकोमा अभिभावकले केही दिनपछि किनिदिने भन्दै आएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै