• २०८१ बैशाख १२ बुधबार

बलिउड अभिनेता हृत्तिक रोशनविरुद्ध धोकाधडीको मुद्दा 

kharibot

मुम्बई ।  बलिउडका सुपरस्टार हृत्तिक रोशन र अन्य सात जनाविरुद्ध चेन्नईका एक व्यापारीले धोकाधडीको मुद्दा हालेका छन् ।

मुद्दा हाल्ने सन इन्टरप्राइजेजका आर मुरलीधरनका अनुसार गुडगाउँको एक कम्पनीले हृत्तिकलाई एचआरएक्स ब्राण्डको व्यापार प्रवद्र्धनका लागि विक्रेताको रूपमा नियुक्त गरेको थियो । मुरलीधरनले भने, ‘फिल्मस्टार र यो विषयमा संलग्न आठ जनाको धोकाधडीका कारण मलाई २१ लाख रुपया नोक्सान भयो ।’

कम्पनीले उनलाई समयमा नै आफ्नो उत्पादन उपलब्ध नगराएको र हृत्तिकले जानकारी नै नदिई व्यापारी समूहलाई सखाप पारेको मुरलीधरनले आरोप लगाएका छन् । त्यसैले कर्मचारीहरूको तलब र सामान राख्ने गोदामको भाडा आदि मिलाएर करीब २१ लाख रुपया घाटा भएको मुरलीधरनले बताए । हृत्तिकलाई भारतीय दण्ड संहिताको धारा ४२० अन्तर्गत मुद्दा लगाइएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै