• २०८१ बैशाख १३ बिहीबार

पाँचथरका निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

kharibot

पाँचथर । पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर तिरेका छैनन् ।

जिएन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् ।

जिससले खुलाएको बोलपत्र(टेण्डर) पारेर कर उठाउने जिम्मा पाएको जिएन कन्स्ट्रक्सनलाई हाइड्रोपावर कम्पनीहरुले कर नतिरेका हुन् । गत ०७४ असोज १ मा जिसस र उक्त कन्स्ट्रक्सनबीच भएको सम्झौतामा जिससले लगाएको ढुङ्गा, बालुवा, गिटी प्रयोग गरेबापतको तिर्नुपर्ने रकम अहिलेसम्म नतिरेको कन्स्ट्रक्सनका प्रोपाइटर शङ्कर थापाले बताए ।

आफूहरूसँग सम्झौता हुनुपूर्व पनि हाइड्रोपावरले जिससलाई दिनुपर्ने बक्यौतासमेत दिनुपर्ने भए पनि त्यो नदिएको र अहिले ठेक्का सम्झौतापछिको करको रकमसमेत नदिएको थापाले बताए ।

जिल्लामा निर्माणाधीन अवस्थामा रहेका माउन्टेन हाइड्रोपावर कम्पनी, हेवा हाइड्रोपावर ए, काबेली हाइड्रोपावर बी, रैराङ हाइड्रोपावरले अझैसम्म बालुवा, गिटी र ढुङ्गाको स्थानीय कर नबुझाएको थापाले बताए । पटक–पटक ताकेता गर्दासमेत कर तिर्न आलटाल गरिरहेको उनको भनाइ छ । अब आगामी तीन दिनभित्र कर नबुझाएमा सम्पूर्ण काममा बाधा अवरोध पुर्याउन बाध्य हुने उनले चेतावनी दिएका छन् । यता रैराङ हाइड्रोपावरका प्रबन्ध निर्देशक कुवेरमणि नेपालले कर तिर्ने हो, तर गलत हातमा करको पैसा नपरोस् भनेर यसको संयन्त्रमार्फत तिर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै