• २०८१ बैशाख ४ मंगलबार

बारा र पर्सामा महिना दिनदेखि नेपाल टेलिकमको नेटवर्कले काम गरेन 

kharibot

बारा । नेपाल टेलिकमअन्तर्गत जी.एस.एम.का प्रिपेड र पोष्टपेडको नेटवर्कमा समस्या आएपछि बारा र पर्साका सेवाग्राहीहरु मर्कामा परेका छन् । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका र पर्साको वीरगञ्ज महानगरपालिकाका जनताहरु नेपाल टेलिकमअन्तर्गत जी.एस.एम.का प्रिपेड र पोष्टपेड सेवाको नेटवर्कमा समस्याका कारण मर्कामा परेका हुन् । 

विगत एक महिनादेखि जी.एस.एम.का प्रिपेड र पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुको मोबाइलमा समस्या आइरहेको स्थानीय सेवाग्राहीहरुले बताएका छन् । मोबाइलमा टावर देखाए पनि फोन गर्दा फोन नलाग्ने, कुरा गर्दा गर्दै बीचमा काटिने, नेटवर्क फेल लेख्ने, इमरजेन्सी लेख्नेजस्ता विभिन्न समस्या देखा परेको स्थानीय सेवाग्राही जीतेन्द्र साह सोनारले बताए । 

विगत एक महिनाबाट देखिएको समयमा यस भेगका सेवाग्राहीले अझै केही दिन खेप्नुपर्ने नेपाल टेलिकम दूरसञ्चार कार्यालय सिमरा बाराका प्रमुख जयनारायण प्रसाद साहले जनाकारी दिए । उनले टावर जडानका साथै त्यससम्बन्धी सबै काम क्षेत्रीय कार्यालय वीरगञ्जले हर्ने भएकोले क्षेत्रीय कार्यालयमा पटक–पटक लिखित तथा मौखिक जानकारी गराएको बताए । 

नेपाल टेलिकम दुरसञ्चार कार्यालय सिमरा बाराका प्रमुख साहले जीतपुरमा भएको विटिएस टावरको पूर्व पट्टि टावरलाई छेक्ने तिन तल्ले घर निर्माण भएकोले त्यस टावरको लिङ्क अर्को टावरसँग हँुन नसकेकोले यस्तो समस्या आएको जानकारी दिए । 

आफूलाई जानकारी भए अनुसार अर्काे टावर निर्माण गर्न घर भाडामा लिने काम अन्तिम चरणमा पुगेको र अबको एक महिनामा नयाँ टावरबाट सेवा सुरु भएपछि समस्याको समाधान हुने उनले बताए । 

यो समस्या बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलिया, ६ नगौल, ७ जीतपुर, ८ लोसन्डा, ९ छातापिपरा र पर्साको वीरगञ्ज महानगरपालिकाका वडा नं. ३१ मिलन चोक र ३२ परसवा, टेंढा, सोलकपुरलगायतको विभिन्न क्षेत्रमा देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै