• २०८१ बैशाख ४ मंगलबार

एशियन गेम्समा प्याराग्लाइडिङमा नेपालले रजत जित्यो 

kharibot

काठमाडौँ। नेपालले हाल जारी एशियन गेम्समा प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको पुरुष टोलीले रजत पदक जितेको छ । 

एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा जारी १८औ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । जाकार्तास्थित गुनुङ मास पुनकाकमा भएको खेलमा नेपालले रजतपदक पक्का गरेको हो । प्रतियोगितामा स्वर्णपदक भने जापानले हात पार्यो ।

नेपालको यस एशियन गेम्समा पहिलो पदक हो भने अहिलेसम्मको एशियन गेम्सको यो दोस्रो रजत पदक हो। यसअघि सन् १९९८ मा थाइल्याण्डको बैककमा भएको एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् । नेपालले यसअघिका एशियाडमा तेक्वान्दो, बक्सिङ र कराते गरी २३ पदक जित्न सफल भएको थियो ।

नेपाल जापानभन्दा २७ अंकले मात्रै पछि परेको थियो । पाचौ राउण्डको खेल सकिँदा नेपालले ११ हजार ३६४ अंक मात्र बनाउन सक्यो । त्यस्तै पहिलो स्थानमा रहेको जापानले भने ११ हजार ३९१ अंक जोड्यो । क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए ।

प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुन्छन् । नेपाली टोलीमा विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै