• २०८१ बैशाख १२ बुधबार

एशियन कप क्वालिफायरमा आयोजक मलेसियाद्वारा हङकङ पराजित

kharibot

काठमाडौँ।  एशियन कप क्वालिफायर अन्तर्गत आयोजक मलेसियाले हङकङलाई पराजित गरेको छ। आज भएको खेलमा मलेसियाले हङकङलाई ३ विकेटले पराजित गरेको हो। 

हङकङले दिएको १६२ रनको लक्ष्य पछ्याएको मलेसियाले ४२.५ ओभरमा ७ विकेट गुमाउदै सो लक्ष्य पुरा गरेको थियो। मलेसियाका लागि शफिक शरिफले ४९, सयेद अजिजले २५, मुहमद शयाहदले २३ रन योगदान दिएका थिए। हङकङका बलर नदीम अहमदले ४ विकेट लिएका थिए भने तनवीर अफजल  र एहसन नवाजले एक एक विकेट लिएका थिए। 

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै हङकङले ४६.४ ओभरमा अल आउट हुदै १६१ रन बनाएको थियो।  हङकङका लागि बबर ह्यातले सर्वाधिक ५८ रन बनाएका थिए। स्कट मकेचनीले २६ तथा अंशुमन राठले २२ रन बनाएका थिए। त्यस्तै मेलासियाका बलर सयजरुल इडरुस, पभनदीप सिंह, सुहारी अनवरले ३-३ विकेट लिएका थिए।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै