• २०८१ बैशाख ७ शुक्रबार

रुपन्देहीमा बालविवाह अन्त्यका लागि बालिका बीमा

kharibot

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बीमा कार्यक्रम शुरु हुन लागेको छ । गाउँपालिकाको कार्यपालिका बोर्डले बालिकाको बीमा गर्न कार्यविधि पारित गरेपछि बीमा कार्यक्रम लागू गर्न लागिएको हो ।

बीमा गर्न बाल संरक्षण कोषमार्फत एक बालिकाको लागि गाउँपालिकाले रु २० हजार तथा अभिभावकले रु पाँच हजार शुल्क बुझाउनु पर्ने गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए । सो रकम बीस वर्षपछि मात्र बैङ्कबाट झिक्न मिल्नेछ । गाउँपालिकाका सबै वडामा बालिका जन्मने वित्तिकै बैङ्क खाता खोलिनेछ । “ बालिकालाई अध्ययन गर्न यस कार्यक्रमबाट मद्दत पुग्नेछ,” उनले भने ।

चालू आवको साउनमा जन्मिएका बालिकाको बीमा गरिनेछ । कार्यक्रमबाट भ्रुण हत्यामा कमी आउने उनको भनाइ छ । बीमा गर्न बच्चा अस्पताल वा प्रसुती गृहमा जन्मिएको हुनुपर्ने, जन्मदर्ता गराउनुपर्ने र वडाको सिफारिस अनिवार्य चाहिन्छ । उक्त गाउँपालिकामा बस्दै आएका यादव, केवट, कुर्मी र लोध कोहार समुदायमा बाल विवाहको प्रचलन छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै